सयपत्री वचत तथा ऋण सहकारीको २० औं साधारणसभा सम्पन्न

  • १ मंसिर २०७६, आईतवार

बेलबारी, माेरङ/ बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे सयपत्री वचत तथा ऋण सहकारीले एक कार्यक्रमविच आफ्नाे २० औं साधारणसभा सम्पन्न गरेकाे छ ।

सिंहदेवी मन्दिरकाे सभाहलमा सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए ।

साे साधारणसभामा बेलबारी नगरपालिका नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्रबहादुर थापा, गाेल्डेन फ्युचर सहकारीका उपाध्यक्ष तथा शिक्षा सन्देश स्कुलका काउन्सिलर भूपाल बस्नेत गायतकाे सहभागिता  थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले एउटै उद्देश्य लिएका सबै सहकारीहरुलाई मर्जरकाे प्रकृयाबाट अगाडि वढ्न आग्रह गरे ।

साे अवसरमा जेष्ठ सदस्य सम्मान तथा वर्षभरि उत्कृष्ट रुपमा काराेवार गर्ने असल काराेवारी तथा असल ऋणि र सामुदायिक संस्थागत विद्यालयबाट एस ईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्ययका सन्तानलाई समेत पुरस्कृत गरिएकाे थियाे ।

कार्यक्रममा संस्थाले तयार पारेकाे वार्षिक प्रतिवेदन संस्थाका सचिव राजेन्द्रप्रसाद गिरी, लेखा संयाेजक शिवकुमार रुपाखेतीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष तिर्थबहादुर न्याैपानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने सचिव राजेन्द्रप्रसाद गिरीले गरेका थिए । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको  छ ।