धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरले दियो जर्सी

  • १ मंसिर २०७६, आईतवार

बेलबारी नगरपालिकाले धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जर्सि वितरण गर्दै जितको सुभकामना दिएका छन् । झापाको विर्तामोडमा कार्तिक ३० गतेदेेखि  सुरु प्रतियोगिता मसिर ६ गतेसम्म  संचालन हुनेछ ।

खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गरीएको प्रतियोगितामा विजेताले नगद ५० हजार र उप बिजेता टोलिले नगद २५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा झापा र मोरङका १० टिम सहभागी छन् । धिमाल बेेेलबारीको पहिलो जाति हो ।