घर चोरेर भाग्दै गरेको डाकालाइ ठाउँको ठाउँ पक्रिए बिराटचोकबासीले

  • ७ मंसिर २०७६, शनिबार

मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारेस्थित एक घरमा चोरी गरेर भाग्दै गरेको डाकालाइ स्थानीयबासीले लखेटेर पक्राउ गरेका छन्  ।

बिहिबार साँझ ६ बजेतिर राजकुमार बोहोराको घरमा  कोही नभएको मौका छोपेर चोरी गर्दै गर्दा स्थानीय बासिन्दाले थाहा पाएका थिए । त्यतिबेला मगर दक्षिणतिर भागेको थियो । भागेपछि स्थानीय मानिसले पछ्याएर पक्राउ गरेका थिए ।

स्थानीयबासीले खबर गरेपछि प्रहरी चौकी बिराटचोकबाट गएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेको त्यो चोर काठमाण्डौ नैकाप घर बताउने २६ बर्षिय आशिष मगर भएको जिल्ला प्रहरी मोरङले जानकारी दिएको छ ।

प्रहरीको टोलीले मगरको साथबाट ल्यापटप, पेन ड्राईभ र  किरानाका सामान र नगद ४ हजार ५ सय बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको मगरलाई ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ ।