साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित

  • १६ मंसिर २०७६, सोमबार

सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ ।

केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा र कोषाध्यक्ष नवराज गजुरेललाई चयन गरेको छ ।  समितिका सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, सुमन थापा मगर, धुबबहादुर पाण्डे, लोकबहादुर घिमिरे, हरि अधिकारी, मुकुन्द तिमल्सिना, शालिकराम बानियाँ, पार्वती प्रधान र दानबहादुर खड्का चयन भएका छन् ।

महिला समिति पनि गठन 

यस्तै भेलाले सीता सत्यालको सभापतित्वमा महासंघको महिला समिति गठन गरेको छ ।

महिला समितिको उपसभापतिमा गोमा गुरुङ, सचिवमा शोभा माझी, कोषाध्यक्षमा पबित्रा श्रेष्ठ, सहसचिवमा रंजना परियार र सदस्यहरुमा कमलकुमारी दाहाल, संजिता अधिकारी, नमिता अधिकारी, सरस्वती कोइराला, मुना अधिकारी र तुलमाया कार्की चयन भएका छन् ।