जुत्ता चप्पल किन्ने योजना छ ? सस्तो, राम्रो र ब्राण्डेड नै रोज्ने भए विराटनगर जानोस्

  • ३० मंसिर २०७६, सोमबार

नेपालका जुत्ताचप्पल उत्पादकलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ताघरले विराटनगर फुटवेयर एक्स्पो २०७६ (जुत्ताचप्पल मेला) आयोजना गरेको छ ।

‘स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ मंंगलबारदेखि बिराटनगरस्थित जैनभवनमा मेला  हुन लागेको हो ।आयोजक नेपाली जुत्ताघरले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला पुस १५ गतेसम्म चल्ने छ ।

विशेषगरी जाडोका लागि आवश्यक विभिन्न डिजाइनका जुत्ता चप्पल राखिने मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिइने नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याड, हाइलाइफ र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध हुनेछन् ।

जाडोको सिजनलाई लक्षित गरेर सुरु गरिएको जुत्ताचप्पल मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र जाडोको न्यानो जुत्ता २ सय रुपैयाँदेखि उपलब्ध रहेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने जुत्ताघरका अध्यक्ष उपाध्यायले बताउनु भयो ।