२४ करोडको लागतमा बेलबारीमा बन्ने भो सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र

  • ५ पुष २०७६, शनिबार

बेलबारी१ मा बन्ने सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र निर्माणका लागि नगर विकास कोषले स्विकृति दिएको छ ।

नगरविकास कोषले स्विकृति दिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषि तथा ब्यापार प्रबर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको कम्लेक्स ३ तलाको हुनेछ ।

कम्लेक्स निर्माणको लागत २४ करोड अनुमान गरीएको छ । कम्प्लेक्सको पहिलो तलामा कृषकले उत्पादन गरेका कृषि सामाग्रीहरु राखिने छ भने दोस्रो तला बजार प्रबर्धनका लागि प्रयोग हुने नगरपालिकाको कार्यालयले जनाएको छ । तेस्रो तलामा होटल रहने छ ।

निर्माण कार्यमा ७० प्रतिशत नगर विकास कोष तथा ३० प्रतिशत नगरपालिकाले वेर्होने बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले यो भन्दा अगाडिनै वडा नम्बर ९ को डांँगिहाटमा पनि कम्लेक्स निर्माण गरि सकेको छ ।