नेकपा बेलबारीले शुरु गर्यो सरसफाई अभियान, महिनामा एकपटक सार्वजनिक स्थल सफाइ गरिने

  • ५ पुष २०७६, शनिबार

नेपाल कमनिष्ट पाटी (नेकपा) नगर कमिटी बेलबारीले पौष ५ गते शनिबारदेखि सार्वजनिक स्थल सरसफाई शुरु गरेको छ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेकपाले सरसफाई गर्न थालेको हो । सार्वजनिक स्थलमा प्रत्येक महिना दुई घन्टा सरसफाई गर्ने गरी शनिवार बेलबारीको कृषि बजारको सरसफाई गरिएको छ ।

‘श्रमसँग पार्टी’ नामक अभियान  नगरकमिटीले सरसफाई अभियान थालेको हो । नेता तथा कार्यकर्ता भेला भएर उक्त बजारको सरसफाई गरेका हुन् । पर्यटन बर्षलाई सफल बनाउन सरसफाई गरिएको नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीले बताए । पुर्व नेकपा एमाले र नेकपा माओवादी एकिकरण भएपछि लामो समय सम्म स्थानिय कमिटिहरु नबन्दा सम्म चलायमान हुन नसकेको नेकपाले पछिल्लो समय विभिन्न गतिविधिहरु गरीरहेको छ ।