धिमाल समुदायले सञ्चालन गरेको एकमात्र होमस्टे

  • ४ पुष २०७६, शुक्रबार

झापाको दमक–३ स्थित दोघरे टोलमा रहेका धिमालहरुका दश वटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायत लगायत देशका पर्यटकहरु बास माग्दै आउँछन् ।

बेला बखत आइरहने यस्ता पाहुनाको बासका लागि हरेक घरमा एक एक कोठा छुट्याइएका छन् , जसलाई होमस्टेका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरु यहाँको धिमाल संस्कृति र खानपानमा आकर्षित हुँदै होमस्टेमा रमाउंँछन् ।

दोघरे बस्तीभित्र होमस्टेमा बास बस्नका लागि पाहुना आएका बेला पुरै परिवार लागेर पाहुनाको रोजाइ अनुसारको खानपान जुटाउने गरेका छन् । ‘कहिले स्वदेशी र कहिले विदेशी पाहुना आउनुहुन्छ’, घरबास सञ्चालन गरिरहनुभएकी शान्ति धिमाल भन्छिन्, ‘भरसक घरबारीमै भएका खानेकुराहरु खुवाउँछौं, तर कुनै परिकार चाहियो भने खोजी गरेर पनि ल्याउने गरेका छौं ।’

झापामा धिमाल समुदायले सञ्चालन गरेको यो एकमात्र होमस्टे गाउँ हो । ‘प्रथम नागरिक सामुदायिक धिमाल होमस्टे’ नामक संस्था दर्ता गरेर सञ्चालित यहाँको होमस्टे लोकप्रिय बनेको छ । हरेक घरका सदस्यले घरबास व्यवस्थापन सम्बन्धी तालिम पनि लिएका छन् ।

दमक नगरपालिकाले धिमाल जातिलाई २०७४ सालमा नगरको प्रथम नागरिक घोषणा गरेको छ । नगरपालिका भवनको आँगनमा नै धिमाल परिवारको कलात्मक प्रतिमा रखेर नगरले प्रथम नागरिकहरुप्रति सम्मान दर्शाएको छ । झापा, मोरङ र सुनसरीमा मात्र बसोबास गर्दै आएका आदिवासी धिमालहरुको रहनसहन र संस्कृति चाखलाग्दो छ । वि.सं. २०६८ को जनगणना अनुसार दमकमा बसोबास गर्ने धिमालहरुको जनसङ्ख्या १५ हजार रहेको छ ।

धिमाल जातिको भेषभूषा, भाषा, संस्कृति र चाडपर्वका धनी भएको हुँदा यही कुरा प्रत्यक्ष रुपमा बुझ्नका लागि विदेशबाट समेत अनसन्धाताहरु घरबासमा आउने गरेको प्रथम धिमाल व्यवस्थापन तथा धिमाल सांस्कृतिक संग्रहालय निर्माण समितिका संयोजक लोकबहादुर धिमाल बताउँछन् । समितिले घरबासलाई व्यवस्थित गर्न मदत पुर्याउँदै आएको छ ।

धिमाल घरवासमा पर्यटकहरुले आफ्नो परम्परा बमोजिम स्वागत, सत्कार र खानपान पाउने गरेका छन् । यहाँ नदीहरुमा पाइने घुँगी र गगटाको परिकार सबैभन्दा प्रख्यात छ । बाफमा उसिनेर पकाइएको धानको चामलको भातलाई धिमालहरु ‘चिचिरे’ भन्छन् । पर्यटकहरु घुँगी, गँगटा र चिचिरे अर्डर गरेर घरबासका लागि आउने गरेको प्रथम नागरिक धिमाल सामुदायिक होमस्टे समितिकी अध्यक्ष समेत रहनुभएकी शान्ति धिमालले बताइन् । लोकल कुखुराको मासु, सँुगुरको रोस्ट, सुँगरको भुटनलगायतका परिकारहरु धिमाल घरबासको नियमित खानेकुरा हुन् । खसी, हाँस, परेवा आदिको मासु रुचाउनेहरुका लागि पनि यहाँ उचित व्यवस्था मिलाइने गरेको छ ।

धिमाल घरबास निकै सस्तो छ । पाहुनासँग उनीहरुले एक रात बास बसेको रु. ४०० र एक छाक खानाको परिकार अनुसार रु. ३०० देखि ५०० सम्म लिने गरेका छन् । अर्डर बमोजिमका परिकारमा बेग्लै दाम लागे पनि बजारको भन्दा यहाँ खानपिन र बास निकै सस्तो रहेको प्रदेश नंं. १ को सरकारद्वारा गठित ग्रामीण पर्यटन तथा हस्तकला उपसमितिका संयोजक अर्जुन कार्की बताउँछन् ।

शिरदेखि पाउसम्म जातीय गहना र पेटानीमा सजिएका धिमाल युवतीले स्वागत गर्दा पर्यटकहरु मख्ख पर्ने गर्छन् । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत तेस्रो देशबाट अध्ययन अनुसन्धानका लागि आउने पर्यटकहरुले हप्तौसम्म यहाँका घरबासमा बसेर आफ्नो अध्ययन पूरा गर्छन् । धिमालको परम्परागत पहिचान झल्काउन एउटा नमुना धिमाल सांस्कृतिक घरसमेत यहाँ निर्माण भइरहेको छ । जहाँ जन्मदेखि मृत्यु संस्कारसम्मका धिमाल जातिले प्रयोग गर्ने सामाग्री राखिने प्रथम धिमाल व्यवस्थापन तथा धिमाल सांस्कृतिक संग्रहालय निर्माण समितिका संयोजक लोकबहादुर धिमाल बताउँछन् ।

नमुना सङ्ग्रहालय निर्माणका लागि सङ्घीय सरकारले रु.४० लाख, प्रदेश सरकारले रु.३० लाख र बाँकी दमक नगरपालिकाले गरी रु. १ करोड प्रदान गरेको छ । नेपाल भ्रमण बर्ष २०२० मा यहाँ घरबासका लागि पर्यटक बढ्ने आँकलन गरेर थप तयारीहरु गरिएको उनको भनाई छ ।

आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भए तापनि धिमाल बाहेका जनजातिले झापामा घरबास सञ्चालन गर्न सकेका छैनन् । झापाको मेचीनगर र दमकमा मात्र घरवास सञ्चालनमा छ । किसान, मुण्डा, मालपाडे, मेचे, धिमाल, सन्थाल, गनगाई, राजवंशीलगायत अरु जिल्लामा त्यति बसोबास नभएका ३६ जातजातिको झापामा बसोबास छ । पर्यटन व्यवसायलाई सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्ने, साँस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्ने कार्यमा घरवासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए पनि स्थानीय सरकारहरुले यस विषयमा ध्यान पुर्याउन सकेका छैनन् ।

मेचीनगर–४ बाहुनडाँगीमा वि.सं. २०६७ सालमा स्थापना भएको बाहुनडाँगी सामुदायिक घरवास जिल्लाकै पहिलो घरबास हो । सरकारले ‘पर्यटन वर्ष २०११ मनाएको बेला यो घरवास सञ्चालनमा ल्याइएको थियो । ‘होमस्टेको बारेमा समाजले विस्तारै बुझ्न थालेको हुँदा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक घरबास खोज्दै आउन थालेका छन्’, ग्रामीण पर्यटनका अभियन्ता अर्जुन कार्की भन्छन्, ‘नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी नयाँ घरबासको पहिचान गर्ने र बन्द भइसकेका पनि खुलाउने तयारीमा लागिरहेका छौं ।’

झापाको मेचीनगर–३ को गाडागल्लीमा सिमाना सामुदायिक घरवास र बेसीबजारमा ग्रीन भ्यू सामुदायिक घरवास सञ्चालनमा छन् । गौरादहमा महारानीझोडा कृषि सहकारी संस्थाले एकै पटकमा ५० जना पर्यटनकलाई बास बसाउन सक्ने क्षमताको घरवास निर्माण भइरहेको संस्थाकी अध्यक्ष मीना ढकाल बताउँछिन् । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै निर्माण गरिएका ती घरबास आगामी बैशाखदेखि सञ्चालनमा आउनेछन् ।

प्रदेश नं. १ सरकारले पनि घरवास सञ्चालन कार्यविधि २०७५ तयार गरेको छ । घरवास सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको नेपाल पर्यटन बोर्डको काँकडभिट्टा कार्यालयकी प्रमुख सुस्मिता दाहालले बताउनुभयो । झापाको केचनाकवल, बाह्रदशी, बुद्धशान्तिलगायतका स्थानमा घरवासको राम्रो सम्भावना रहेको बताउँदै उनले भने–‘प्रदेश सरकारले होमस्टे सञ्चालन गर्दै पर्यटन प्रवर्धनमा जोड दिनेलाई सहयोग गर्ने कायविधि बनाएको छ ।’

दमक नगरपालिकाले धिमाल जातिलाई २०७४ सालममा नगरको प्रथम नागरिक घोषणा गरेको छ । नगरपालिका भवनको आँगनमा नै धिमाल परिवारको कलात्मक प्रतिमा रखेर नगरले प्रथम नागरिकहरुप्रति सम्मान दर्शाएको छ । झापा, मोरङ र सुनसरीमा मात्र बसोबास गर्दै आएका आदिवासी धिमालहरुको रहनसहन र संस्कृति चाखलाग्दो छ । वि.सं. २०६८ को जनगणना अनुसार दमकमा बसोबास गर्ने धिमालहरुको जनसङ्ख्या १५ हजार रहेको छ ।