पुराण लगाएर उठेको ३८ लाखबाट बेलबारी ९ मा बन्न थाल्यो सामुदायिक भवन, मेयरले गरे शिलान्यास

  • २० पुष २०७६, आईतवार

बेलबारी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवनको सिलान्यास गरिएको छ ।

थारु कल्याणकारीणी सामुदायिक भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सिल्यान्यास गरेका छन्  । थारु कल्याणकारी नगर समिति बेलबारीले बनाउन लागेको भवनको सिल्यान्यास गर्दै मेयर ज्ञानेन्द्र सुवेदीले भवन बनाउन १० लाख रुपैया नगरपालिकाले दिने घोषणा गरेका छन्  ।

थारु कल्याणकारी नगर समितिले केहि दिन अघि सप्ताह पुराण लगाएर संकलन गरेको रकमले ६ कठ्ठा जग्गा खरिद गरी भवन बनाउन लागेको हो । पुराण वाट ३८ लाख संकलन भएको थियो ।

थारु कल्याणकारी बेलबारीका अध्यक्ष बाबुराम चौधरीले २८ लाखमा जग्गा खरिद गरी बाँकी रहेको रकम तथा नगरपालिकाको समेत सहयोगमा भवन बनाउन लागिएको बताए  । बेलबारीका विभिन्न वडामा नगरपालिकाको सहयोगमा सामुदायिक तथा साँस्कृतिक भवन बनिरहेका छन् ।