रमिते सामुदायिक वनद्वारा खुल्ला रक्तदान आयोजना, ६० प्रिन्ट रगत संकलन

  • २६ पुष २०७६, शनिबार

बेलबारी, माेरङ/ चिसाेकाे माैसममा रगतकाे अभाव भैरहेकाे बेलामा बेलबारी -२ लालभित्तीमा रहेकाे रमिते सामुदायिक वनले अप खुल्ला रक्तदान कार्यक्रम संचालन गरेकाे छ । 

देशैभर भैरहेकाे रगतकाे अभावलाई मध्यनजर गरेर पूर्व पश्चिम लाेकमार्गसँग जाेडिएकाे लालभित्ती चाेकमा आयाेजना गरिएकाे खुल्ला रक्तदानमा जम्मा ६० प्रिन्ट रगत जम्मा भएकाे रक्तदान कार्यक्रमका संयाेजक राजु परियारले जानकारी दिए ।

पछिल्लाे समय देखिएकाे रगतकाे अभावलाई कम गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने अभिप्रायका साथ आफूहरुले रक्तदानकाे अायाेजना गरिएकाे रमिते सामुदायिक वनका अध्यक्ष प्रेम बान्तवा वताउछन् ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धरानकाे प्राविधिक सहयाेगमा बिहान ८ वजेदिखि ११ बजेसम्म संचालन गरिएकाे उक्त खुल्ला रक्तदानमा जाडाेकाे प्रवाहै नगरी मानिसहरु रगत दिन भेला भएका थिए ।

यसरी रगतकाे अभावकाे वेलामा गरिएकाे रक्तदान कार्यक्रमकाे विशेष महत्व रहेकाेले आफूहरुलाई रगत दिन उत्साह थपिदिएकाे स्थानीयहरु वताउंँछन् ।