सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क

  • ७ माघ २०७६, मंगलवार

माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ ।

आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो ।

आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि शुरु भई माघ १२ गते सम्म सञ्चालन हुनेछ । बिराटचोकस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा हुने खाध मेलामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मुख्य आयोजक रहेको छ । त्यसैैैगरी सुन्दरहरैँचा नगरपालिका, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसिज तथा कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समिति, सुन्दरहरैँचा सह-आयोजक छन्  ।

परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथमा उक्त मेला शुरु हुन लागेको हो ।

खाध मेलामा ६० वटा स्थल रहनेछन् । जसमा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल, होमस्टे, जाति विशेषका स्थानीय परिकार, घरेलु स्तरका खाद्य उद्योगहरु, खाद्य उद्याेगका लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरुको स्टल रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

आयोजकले खाध मेलामा स्टलहरुको सहभागिताका लागि नि:शुल्क स्टलको व्यवस्था साथै प्रवेश शुल्कमा समेत नि:शुल्क गरेको छ ।

सुन्दरहरैचा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद दाहालले यस प्रकारकाे खाद्य मेलाबाट अल्प प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्व बारेको जनचेतना अभिबृद्धि हुने, खाद्य उद्यमीहरुलाई बजारको सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने, विभिन्‍न सरोकारवाला निकायहरु बीचको समन्वय र सहकार्य मार्फत खाद्य स्वच्छता, पोषण सुधार तथा खाने बानीमा सुधार गर्नमा सहयोग मिल्ने अपेक्षा गरिएको बताए ।