सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि

  • १० माघ २०७६, शुक्रबार

माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ ।

इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन्  ।

खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे अमला, अलैची, सिस्नु, छुर्पी, अकबरे, माछा, मासुकाे, परिकार, अचार लगायतका खाद्य प्रदार्थ आदिका स्टलहरु राखिएका छन् । मेलामा इलामकाे श्री अन्तु हाेमस्टेबाट उत्पादित खाद्य प्रदार्थदेखि जुम्लाका बस्तुहरु समेत आकर्षण बनेका छन्  ।

नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेका छन् । परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथ आयोजना भएको खाद्य मेलामा खाद्य मेलामा करिव ६० वटा स्टल रहेका छन् । मेलामा नि:शुल्क स्टल तथा प्रवेशकाे व्यवस्था गरिएको छ ।

मेलामा तुलसी पराजुली, रामा मण्डल, सुनिता कटुवाल, नितिन गजुरेल लगायतका कलाकारहरुको सहभागितामा विविध मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रम समेत राखिएको आयाेजकले बताएकाे छ । सुन्दरहरैचामा पहिलाे पटक भएको खाद्य मेलाबाट स्थानीयहरु समेत अहिले हर्षित भएका छन् ।