बिद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउँदै शिक्षा सन्देश

  • १५ माघ २०७६, बुधबार

मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलले  ब्यबहारिक शिक्षाको ज्ञान दिलाउन बिद्यार्थीहरुलाई दुना टपरी बुन्न सिकाएको छ ।

बिद्यालयले आफना बिद्यार्थीहरुलाई सालको पातबाट दुना टपरी गाँस्न सिकाएको हो ।  विद्यालयले किताव मात्र घोकाउने होइन, व्यवहारिक ज्ञान समेत दिन्छ भन्ने सन्देश दिँदै नेपालीहरुका बिभिन्न चाडपर्व र धार्मिक कार्यहरुमा दुना टपरी अनिबार्य प्रयोग  हुुुने दुना टपरी बनाउन सिकाइएको बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

बिद्यालयको आयोजनामा माघ १५ र १६ गते २ दिने बाल साहित्य महोत्सब समेत आयोजना गरेको छ ।