युवाहरूलाई जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले गर्यो प्रशिक्षण कार्यक्रम

  • १५ माघ २०७६, बुधबार

बेलबारी, माेरङ/ युवाहरुलाई देशप्रेम जगाउँदै जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले बिचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

उद्याेग वाणिज्य सङ्घ बेलबारीकाे सभाहलमा मंगलबार भएकाे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिईन् ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर मिलन, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जेसिससँग सधैँ सहकार्य गरेर अगाडि वढ्न नगरपालिका तयार रहेकाे वताईन् ।

विचार गाेष्ठीकाे सहजिकरण नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर पाैडेल र नेपाल जेसिस एरिया १ का तालिम संयाेजक जेसी सेवक बजगाई र बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले गरेका थिए ।

युवाकाे एकताले मात्र देशकाे विकास सम्भव हुने हुनाले आफूहरुले युवालाई लक्षित गरेर याे कार्यक्रम आयाेजना गरेकाे कार्यक्रमका सभापति एवम् बेलबारी जेसिस वर्ष २०२० का अध्यक्ष राजेश खत्रीकाे बताए ।