दुर्व्यसनी रहित समाज बनाउने उद्देश्यले गछियामा हुनेभो ‘भ्वाइस लाइभ कन्सर्ट’

  • १५ माघ २०७६, बुधबार

दुर्व्यसनी रहित समाज निर्माणमा सहयोग गर्ने उद्देश्यले सुन्दरहरैचा एकता युवा क्लबको आयोजनामा “भ्वाइस लाइभ कन्सर्ट २०२०” हुने भएको छ ।

‘लागु औषध दुर्व्यसनी विरुद्ध नो ड्रक्स’ भन्ने मूल नाराका साथ माघ २० गते साङ्गीतिक कार्यक्रम हुने भएको हो । सुन्दरहरैचा वाड नं.४ कार्यालयको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी  दिइएको छ ।

‘भ्वाइस लाइभ कन्सर्ट २०२०’ मा सम्पन्न ‘द भ्वाइस अफ नेपाल सिजन २’ का विजेता राम लिम्बु र त्यसै सिजनका टप टेन प्रतियोगीहरूले प्रस्तुति दिनेछन् । कार्यक्रममा सनिस श्रेष्ठ, विकास लिम्बु, अरिफ राउफ, अन्जु राना मगर र यङ्की यल्मो तथा  स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

कार्यक्रम सुन्दरहरैचा ७ स्थित गछिया खेल मैदानमा हुनेछ । शैक्षिक संस्थाहरूमा पनि लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गर्ने क्लबको योजना रहेको क्लबका अध्यक्ष सुमन राईले राईले बताए ।