बैंक, बचत तथा कर्जा सम्बन्धी जानकारी दिन धनकुटामा गरियो वित्तीय साक्षरता कार्यक्रम
- १६ माघ २०७६, बिहीबार
सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पससंँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको सुरुवात क्याम्पसका प्राध्यापक किरण घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन सनराईज बैंक धनकुटा शाखाका प्रमुख दिनेश अधिकारीले गरेका थिए।
कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत गरिएको थियो । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता ः सबै नेपालीको बैंक खाता ’अभियानलाई निरन्तरता दिदैं, सनराइज बैंकले यस वित्तिय साक्षारता कार्यक्रम संचालन गरेको तथा यस्तो कार्यक्रमलाई धनकुटाका अन्य क्षेत्रमा पनि निरन्तरता दिइने सनराईज बैंक धनकुटा शाखाका प्रमुख अधिकारीले बताए ।
सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले, सनराइज बैंकको सनराइज समृद्धि बचत खाता गत बैशाख १ गतेबाट शुभारम्भ भएको थियो। सो खाता अन्र्तगत बचतकर्ताहरुले सनराइज बैंकमा खाता खोल्दा उक्त खातामा एक सय रुपैयाँ प्राप्त गर्दै आएको बैंकले जनाएको छ।