संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत

  • ३ फाल्गुन २०७६, शनिबार

संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि  महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई पुरस्कृत गरिएको हो । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको अवसरमा थापालाइ सम्मान पत्र सहित नगद ५ हजार रुपैयाँको पुरस्कार प्रदान गरेको छ ।

सहकारीले थापासँगै इमेज टेलिभिजन धनकुटा संवाददाता कविराज घिमिरेलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ ।  पत्रकारद्धय थापा र घिमिरेलाई प्रदेशसभा सदस्य आरसी तुम्बा, सहकारीका अध्यक्ष घिमिरेले सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।

२०६९ सालमा धनकुटामा स्थापना भएको सहकारीले हरेक वर्ष धनकुटामा रहेर आर्थिक र सामाजिक क्षेत्रमा योगदान गर्ने पत्रकारलाई पुरस्कार प्रदान गदै आएको छ ।  गत वर्ष पत्रकार सन्तविर लामालाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको थियोे  ।

साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अनुमानित बजेट तथा कार्यक्रम लगायतका विभिन्न निर्णयहरु पारित गरेको छ। शनिबार सम्पन्न साधारणसभामा प्रदेशसभा सदस्य आरसि तुम्बाले सहकारीको बारेका प्रदेश सरकारले सहकारी मैत्री ऐन बनाउन लागेको बताए। उनले सहकारीलाई राज्यले तीन तहको सरकारमध्ये एक ठाउँमा दर्ता तथा कर तिर्ने ऐन प्रदेश सरकारले बनाउने बताए।

संस्थाले ठूलो उतार चढाब पनि पार गर्दै सहकारीहरुको माझमा संकटालाई छुट्टै पहिचान बनाउन सकेको संस्थाका अध्यक्ष विकास घिमिरेले बताए।
सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा संस्थाको शेयर पूँजी तर्फ १२ लाख ८३ हजार एक सय रहेको छ संस्थाले १ करोड ६४ हजार निक्षेप संकलन गरेको संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिए।