केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण
- १३ फाल्गुन २०७६, मंगलवार
राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता’ तालिम सम्पन्न भएको छ ।
फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी – ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा तथा १ नम्बर प्रदेशको मोरङ, सुनसरी, झापा, धनकुटा र पाँचथर गरी ५ जिल्लाका महिला तथा पुरुष गरी ३५ जना सहभागी थिए । तालिममा अर्जुनप्रसाद भट्टराई र देवेन्द्र न्यौपानेले सहजीकरण गरेेका थिए ।
तालिममा तालिममा ब्यबशाय तथा उद्यमशिलताको ज्ञान दिइनुका साथै सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी समेेत गराइएको थियो । तालिम अत्यन्त उपयोगी र फलदायी भएको सहभागी युवाहरुले जनाएका छन् । तालिमका सहभागीहरुलाइ एन एम बी बैंकले ब्यबशायका लागि सहुलियत ऋण दिनेे बताइएको छ ।
सोमबार तालिमको समापन कार्यक्रम केराबारी गाउँपालिका अध्यक्ष श्री रोहितबहादुर कार्कीको सभापतित्वमा भएको थियो । कार्यक्रममा १ नम्बर प्रदेश सभा सांसद उपेन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यता थियो भने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङेल, एनएमबि बैंकका संचालक समिति अध्यक्ष पवन गोल्यानको विशेष आतिथ्यता थियो ।
समापन कार्यक्रममा एनमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे लगायत बैैंकका केन्द्रिय, क्षेत्रीय बिभागिय प्रमुख एवं विभिन्न शाखाका प्रवन्धहरु, केराबारी गाउँपालिकाक वडा अध्यक्षहरु एवं कार्यपालिका सदस्यहरु, स्थानीय राजनैतिक पार्टीका प्रमुख एवं प्रतिनिधि, स्थानीय शैक्षिक, सामाजिक, सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, रिटर्नी माइग्रेन्ट नेपाल केन्द्रिय, प्रदेश तथा विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु र स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
राष्ट्रिय युवा परिषदका उप सचिव केवललीराम अधिकारीले स्वागत मन्तव्य दिएको कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपाल केन्द्रिय सचिव उत्तम श्रेष्ठ सेनले तातिम अवधिको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रम सञ्चालन रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेश अध्यक्ष गोकुल थापाले गरेका थिए ।
तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरुलाई कार्यक्रमका सभापति एवं केराबारी गाउँपालिका अध्यक्ष श्री रोहितबहादुर कार्की, प्रदेश १ का प्रदेश सभा सदस्य उपेन्द्र घिमिरे, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, एनएमबि बैंकका संचालक समिती अध्यक्ष पवन गोल्यान लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रदेश १ का प्रदेश सभा सदस्य उपेन्द्र घिमिरेले उद्योग संचालनका लागि बिद्युतको कमी र क्षमताको कमी हुन नदिने बताए । प्रदेश सरकारले योजना बैंक स्थापनाको प्रक्रिया शुरु गरिसकेको बताउँदै उनले बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी सीप बैंक बनाउने योजना भइरहेको बताए । प्रदेश सरकारले हालसम्म ४० कानुन बनाइसकेको जानकारी दिँदै घिमिरेले उद्योग दर्ता सम्बन्धि कानुन पनि निर्माण भइरहेको बताए ।केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले गाउँपालिका क्षेत्रभित्र उद्यम गर्नेहरुलाई आवश्यक सहयोग र सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए ।
कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपाल स्थापना एवं यसको अभियानलाई अघि बढाउने क्रममा स्थापना पूर्वदेखि हालसम्म उत्प्रेरणा जगाउँदै निरन्तर अभिभावकत्व प्रदान गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङेललाई रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको तर्फबाट अभिनन्दन गर्दै कदर-पत्र प्रदान गरिएको थियो ।
यो पनि ….
बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी केराबारीमा शुरुभो एकहप्ते उद्यमशिलता तालिम