हराएका चार मोटरसाइकल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोर्ने तीनजना पक्राउ

  • १४ फाल्गुन २०७६, बुधबार

इलाका प्रहरी कार्यालय बेलवारीले हराएका चारवटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मङ्सिर १९ गते राती लेटाङका प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल , माघ २७ गते सुन्दरहरैचा–४ चरीगुवा स्थित बाबुराम कार्कीको को १३ प ९४१२ नम्बरको मोटरसाइकल , लेटाङ स्थित प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको मोटरसाइकल हराएको थियो । मङगलबार गरिएको पत्रकार सम्मेलनमा सो मोटरसाइकल हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले ती मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

पत्रकार सम्मेलन गर्दै मोटरसाइकल चोरीमा संलग्न बेलवारी–३ बस्ने सुरज विक, सुन्दरहरैचा–४ बस्ने अमिर मोदी र उत्तम चौधरीलाई प्रहरीले सार्वजनिक गरिएको छ ।

त्यसैगरी गत ७ गते बेलवारी–३ स्थित बेवारिसे अवस्थामा रहेको इन्जिन न. JZYRJJ50547 र चेसिस नं. MD2B44BY5JPJO3991 भएको १२५ सिसीको डिस्कोभर मोटरसाइकल फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।