बेलबारीमा ढाका कपडा बनाउने तालिम शुरु, सीप सिक्दै ३० जना महिला

  • १७ फाल्गुन २०७६, शनिबार

बेलबारी नगरपालिका वडा नम्बर ३ ले महिलाहरुलाई उद्यमी बनाउन ढाका कपडा बनाउने तालिम दिन थालेको छ ।

लालिगुरांँस बचत तथा ऋण सहकारी सस्थाको सभाहलमा भइरहेको तालिममा ३० जना महिला सहभागी छन् ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष योगेन्द्र सुवेदीले उद्घाटन गरे ।  उनले तालिमवाट लिएको सिप ब्यबहारमा उर्तान सहभागीहरुलाइ आग्रह गरेका छन् ।