धनुषाका दुई यूवालाई कोरोना भाईरसको संक्रमण, बिहारमा उपचार हुँदै

  • १ चैत्र २०७६, शनिबार

धनुषाका दुई यूवामा कोरोना भाईरस संक्रमण रहेको पाईएको छ ।

धनुषाको खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमण देखिएपछि भारत बिहार मधुबनी स्थित सदर अस्प्तालमा राखिएको छ ।

दुबै जना भारतको अहमदावादबाट नेपाल अऐइरहेको बेला जयनगरमा चेकजांच गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

जिल्ला प्रशाशन, मधुवनीका अनुसार कोरोना भाईरसको संदिग्ध पाईएको छ । दुबै संदिग्धलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

शिव कुमार र राजन पासवान अहमदाबाद बाट धनुषा आउने क्रममा एकदमै बिरामी भएका हुन । कोरोना पीड़ित भएको लक्षण देखिएपछि उनीहरुको परिवारजनलाई जानकारी गराईएको छ ।

दुबै जनाको स्वास्थ्य परिक्षणको लागि सैंपल लिईएको छ । बिरामीलाई कडा निगरानी मा राखिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै १४ दिन लाग्ने उपचारमा संलग्न चिकित्सकले बताए । – खोज केन्द्रबाट