उद्योग बाणिज्य संघ धनकुटाले प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाइ बाँड्यो मास्क र सेनिटाइजर
- १७ चैत्र २०७६, सोमबार
धनकुटाका पत्रकार, ट्राफिक प्रहरी र एम्बुलेन्स चालक र ब्यापारीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले मास्क, सेनिटाईजर र हेण्ड वास, ग्लोवर्स (पञ्जा) वितरण गरेको छ ।
धनकुटामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिनु पर्ने र जोखिमा पर्न सक्ने भएकाले पत्रकारहरु, ट्राफिक प्रहरी र एम्बुलेन्स चालकहरुलाई माक्स, सेनिटाईजर,हेण्ड वास र डिटोल साबुनहरु समेत वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।
समाचार सम्प्रेण गर्न दैनिक फिल्डमा खटिनु हुने,पत्रकारहरु र प्रत्यक्ष फिल्ड काम गर्नु हुने ट्राफिक प्रहरीहरु र एम्बुलेन्स चालकहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, महासचिव राम वहादुर गोङ्वा तामाङ्ग, सचिव श्रीराम रायोमाझी, कोषाध्य रुपेश श्रेष्ठ, सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, रेवती प्रसाद अधिकारी, उज्वल कर्माचार्य, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिजन प्रधान लगायतले धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट उक्त समाग्रीहरु वितरण गरेका हुन् ।
सोमबार पत्रकारहरुलाइ नेपाल पत्रकार महासंघ धनकुटाको हलमा, ट्राफिकहरुलाइ जिरोप्वाईन्टमा र एम्बेलेन्स चालकहरुका लागी धनकुटा अस्पताल परिषरमा ग्लोवर्स, मास्क लगायतका विभिन्न समाग्रीहरु वितरण गरिएको हो ।
त्यसैगरी कोरोना भाईरसको जोखिममा भएकाले डिउटीमा रहेका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र व्यापारीहरुलाई संघले भेडेटार, मुलघाट लगायतका क्षेत्रमा मास्क र सेनिटाईजर वितरण गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका ल धनकुटा उद्योग बाणिज्य संघले आइतबार जनचेतना अभिवृद्धी गर्दै भेडेटार ,घण्टे र मुलघाटमा बजार अनुगमन गर्दै माक्स र सेनिटाईजर वितरण गरेको हो ।
डिउटीमा खटिएका सुरक्षाकर्मी ,स्वास्थ्यकमी र दैनिक उभोग्य सामाग्रीहरु विक्रि वितरण गर्ने व्यापारी तथा व्यावसायीहरु जोखिममा पर्ने भएकाले माश्क र सेनिटाईजर वितरण गरिएको र धनकुटाबजार ,हिलेबजार,सिधुवा बजार,पाख्रिवास बजार लगायत धनकुटाका दुर्गम क्षेत्रका बजारहरुमा कोरोना भाईरसबाट बच्ने उपायको वारेमा जनचेता अभिवृबद्धी गर्दै मास्क र सेनिटाईजर वितरण गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए।