अनुगमनमा कडाई गर्दै बेलबारी नगरपालिका, सब्जीबजार बन्द गर्न निर्देशन

  • १८ चैत्र २०७६, मंगलवार

मानवबस्ती रहेकाे स्थानमा तरकारी बजार निर्वाध रुपमा संचालन भैरहदा, त्यहाँ आउने जाने उपभाेक्ताकाे भिडभाडले काेराेना संक्रमणकाे सम्भावना बढेकाे भन्दै स्थानीयबाट व्यापक जनगुनासाे अाएसँगै बेलबारी नगरपालिकाले बेलबारी १ मा रहेकाे तरकारी बजार (सव्जीमण्डी) बन्द गर्न निर्देशन दिएकाे छ ।

पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे बेलबारी १ मा रहेकाे, साप्ताहिक हटियाहरु बन्द भएसँगै याे सव्जीबजार मात्र संचालनमा रहेकाे तर स्थानीयले भिडभाडका कारण काेराेना संक्रमण हुने सम्भावना वडेकाे भन्दै बजार व्यवस्थापन गर्नु पर्ने माग आएपछि उपमेयरकाे नेतृत्वमा सोमबार गएकाे अनुगमन टाेलीले सब्जी बजार बन्द गर्न निर्देशन दिएकाे हाे ।

जताततै काेराेनाकाे त्रास फैलिरहेकाे बेलमा जनतामा संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर सब्जी बजार बन्द गर्न निर्देशन दिएकाे बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले बताईन् ।

नगरस्तरीय उपभाेक्ता हित संरक्षण समितिका संयाेजक समेत रहेकी पराजुलीले सब्जी मण्डी बन्द रहे पनि व्यपारीहरुले ठेला वा सफारीमा हालेर वेच्न सक्ने  अनुगमनमा गएका बेलबारी उद्याेग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष राजेशजङ्ग कार्कीले आम उपभाेक्ताकाे स्वास्थ्यलाई मध्यनजर गरेर आफूहरुले व्यवसाहीहरुलाई सम्झाएर नयाँ विकल्पका साथ व्यवसाय संचालन गर्न आग्रह गरेकाे बताए ।

व्यवसायीले पनि अनुगमन समितिकाे निर्देशनलाई सहज रुपमा लिएकाे बताएका छन् । देश नै काेराेनाकाे संक्रमीत भैरहेकाे वेलामा नगरपालिकाले आफूहरुकै स्वास्थमा चिन्तित भएर गरेरकाे निर्णय मान्ने  ब्यापारीहरुले बताएका छन् ।

लकडाउनकाे आडमा तरकारीजन्य सामग्रीमा काला बजारी भैरहेकाे जनगुनासाे आएपनि बाहिर आएजस्ताे तरकारीमा कालाबजारी नभएकाे, यदि त्यस्ताे देखिएमा नगरपालिका आवश्यक कार्वाही गर्न तयार रहेकाे नगरपालिकाले जनाएकाे छ ।

अनुगमनमा बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल लक्ष्मीमार्गका प्रतिनिधि तथा संचारकर्मी समेतकाे सहभागिता रहेकाे थियाे ।

यस अघि पनि जिल्ला प्रशासन कार्यालय, घरेलृ, नाप ताैण तथा गुण नियन्त्रक लगायतकाे टाेलीले समेत बजार अनुगमन गरेकाे थियाे ।

लक डाउनकाे वेलामा बजार पूर्ण रुपमा बन्द भएपनि अत्यावश्यक खाध्य सामग्रीहरुलाई नियमित रुपमा दुरी कायम गरेर संचालन गर्ने व्यवस्था गरिएकाे बेलबारी नगरपालिकाका प्रवक्त याेगेन्द्र सुवेदीले बताएका छन्  ।