सुत्केरीका घर घरमा पुग्दै इटहरीकी उपमेयर, २७ जना सुत्केरी र नवजात शिशुले पाए खाध्यान्न र गिफ्ट

  • २० जेष्ठ २०७७, मंगलवार

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्तरगत उपमेयर लक्ष्मी गौतम दुई दर्जनभन्दा बढी सुत्केरीका घर  घरमा पुगेकी छिन् ।

लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताइन् । लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका विपन्न सुत्केरीलाई भेटेर आमा वच्चालाई कपडा, दाल, चामल, गेडागुडी, तेल लगायतका खाद्यान्न उपलब्ध गराइएको छ ।

इटहरी अस्पतालमा सुत्केरी गराएका विपन्न वर्गका सुत्केरी महिलाका घर घरमा पुगेर सुत्केरी भेट कार्यक्रम अन्र्तगत कपडा र पौष्टिक आहारा उपलब्ध गराउने गरिएको छ । लक डाउनका समयमा इटहरी अस्पतालमा सुत्केरी गराउन आउनेको क्रम वढेको छ । सुनसरी र मोरगका विभिन्न ठाँउवाट इटहरी अस्पतालमा सुत्केरी गराउन आउने गरेका छन । सुत्केरी भेट कार्यक्रम भने इटहरी भित्रका सुत्केरी महिलाहरुमा मात्र लागु हुदैआएको छ ।

उपमेयर गौतमले पछिल्लोपटक इटहरी १० की मनिषा सदा, सुस्मिता चौधरी, निशा मगर, इटहरी ८ की सुगिया हरिजन र लिला सदाको घर पुगेकी छिन्  ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सुत्केरी भेट कार्यक्रम लिएर सुत्केरी महिलाको घर घरमा पुग्न थालेकी छिन्  । त्यस क्रममा गौतमले सुत्केरी ब्यथा लागेपछि उपचार नपाएर सडकमा रुदै गरेकी एकजना महिलालाई अस्पताल समेत पुर्याएकी छिन् ।

लकडाउनका वेला सुत्केरी महिलाको घर पुगेर आमा वच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा प्रदान गरिएको उपपमेयर गौतमले वताइन् । उपमेयरले यसअघि  रिना विक, खुस्वु खातुन, यमुना खतिवडा, स्वस्तिका पुरी र गंगीया उराउ लगायतलाई पनि भेटिसकेकी छिन् ।

लकडाउनका वेला खाध्यान्न अभावले सुत्केरी महिला भोकभोकै वसेको खवर पाएपछि आफू दाल चामल नुन तेल लगायत पोसिलो खादयसमाग्री सहित उनीहरुलाई भेटन गएको उपमेयर गौतमले बताइन् ।  यो महाविपत्तीमा सवैको विजोग हुने भएपनि  सुत्केरी महिला र नवजात शिशुको झन विजोग हुने भएकाले सुत्केरी राहत प्याकेज लिएर उनीहरुको घर पुगेको गौतमलेे बताइन्   ।

यसअघि सुत्केरी ब्यथाले च्यापेर सडकमा रुदै भेटिएकी  इटहरी ४ की भिम कुमारी लिम्वूलाई उपमेयर गौतमले आफ्नै गाडीमा चढाएर अस्पताल पुर्याएकी थिइन् ।