सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्म गरियो बजार अनुगमन

  • १९ चैत्र २०७६, बुधबार

कोरोनाको महामारीबाट बच्न मुलुक लकडाउनमा गएको बेला कालाबजारी हुनसक्ने आशंंकामा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्मको बजार अनुगमन गरिएको छ ।
लकडाउको समयमा खाद्यान्न, साग सब्जी तथा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र कसैले कालो बजारी गर्न पनि नपाओस् भन्नका लागि बजार अनुगमन गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन् ।
नगर उपप्रमुख तामाङ ,सुन्दरहरैंचा उद्योग वाणिज्य संघकाा अध्यक्ष नवराज चापागाईं, वडा न १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापा, निमित्त प्रमुख प्रशासकिय अधिकृत दामोदर चापागाईं , नगरपालिका कर्मचारी बाबुराम भट्टराई , इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकी लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

उपप्रमुख तामाङका अनुसार बजार अनुगमनका क्रममा कतिपय  ब्यापारीले सामान्य कमी कमजोरी गरेको भएपनि नियतबस कालोबजारी र मुल्यबृद्दी गरेको भेटिएन । तर पनि बेला बेलामा अनुगमनलाई  निरन्तरता दिइने तामाङले बताइन् ।