लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

  • ७ बैशाख २०७७, आईतवार

मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ ।

निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २ वजेदेखि कक्षा संचालन गरिरहेकाे बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिएका छन् ।

प्रधानाध्यापक खत्रीले विद्यालयले अनलाईबाट हरेक दिन अलग अलग विषयकाे रुटिन बनाएर कक्षा सञ्चालन भैरहेकाे जानकारी दिए ।

लकडाउनका कारण विद्यालय लामाे समयदेखि वन्दरहेकाे कारणले विद्यार्थीहरुको भविश्यलाई समेत मध्यनजर गर्दै अनलाई कक्षा शुरु गरेको बिद्यालयका काउन्सिलर भूपाल बस्नेत बताउँछन ।

कोरोना रोगको महामारीका कारण नेपालमा २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण सबै विद्यालयहरु बन्द रहेको अबस्थामा नगरपालिकामै पहिलाे पटक अनलाईन मार्फत कक्षा शुरु गरेको दावी गरेकाे शिक्षा सन्देशले ११ र एसईई मात्र नभएर अन्य कक्षा पनि अनलाईनमार्फत संचालन गर्ने तयारीमा रहेकाे बताएकाे छ ।

बेलबारीमा लकडाउनका कारण कतिपय विद्यालयका वार्षिक परीक्षा भएका छैनन भने कक्षा ५ र कक्षा ८ को परीक्षा समेत रोकिएको छ ।

साथै पछिल्लाे समयमा सुन्दरहरैंचा नगरपालिकामा रहेका सुकुना बहुमुखी क्याम्पस र शिद्धार्थ ई स्कुलले समेत अनलाईनमार्फत कक्षा संचालन गर्दै अाएका छन् ।