उबासंघद्वारा हिले, सिधुवा र जोरपाटीका ब्यापारी तथा स्वास्थ्यकर्मीलाइ स्वास्थ्य सामग्री बितरण
कृषक र ब्यापारीका समस्याबारे उद्योग बाणिज्य संघ र छथरजोरपाटी नपाबिच छलफल
- ८ बैशाख २०७७, सोमबार
उद्योग बाणिज्य संघ धनकुटाले धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा बजार अनुगमन तथा स्वास्थ्य सामग्री बितरण गरेको छ ।
सो क्रममा धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा गरी जम्मा ७ वटा डेरी उद्योगहरुलाई पञ्जा, हेण्डवास, सेनिटाईजर, माश्क प्रदान गरीएको छ । त्यसैगरी हिले र सिधुवाका थप दुई वटा निजि स्वास्थ्य क्लिनिहरुलाई सुरक्षित सामाग्री पि पि ई किट वितरण गरिएको र छथरजोरपाटी र सिधुवा बजारमा स्वास्थ्य तथा सुरक्षित सामग्री वितरण गरिएको संघले जनाएको छ ।
अभियानमा छथरजोरपाटी गाउंँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोल,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास,संचारकर्मी बिनोद घिमिरे लगायतको सहभागीता रहेको थियो ।
धनकुटा,हिले र सिधुवा बजारका व्यापारी तथा व्यावसायीहरुलाई पनि सेनिटाईजर, मास्क ,पञ्जा वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।
कृषक र ब्यापारीका समस्याबारे उद्योग बाणिज्य संघ र छथरजोरपाटी नगरपालिकाबिच छलफल
लकडाउनको समयमा तरकारी उत्पादक कृषक र व्यापारीहरुको विच अहिले भैरहेको समस्याहरुको वारेमा छथरजोरपाटी गाउपालिकाका प्रमुख तथा उपप्रमुखसंग धनकुटा उद्योग बाणिज्य संघले छलफल भएको छ ।
ताजा हयिो तरकारीको राजधानीको रुपमा रहेको धनकुटाको छथरजोरपाटी गाउपालिका क्षेत्रमा उत्पादिन ताजा हरियो तरकारीहरु अहिले लक डाउनको कारण सहज रुपमा सप्लाई र विक्री वितरण हुन नसक्दा दैनिक ठूलो नोक्सानी भैरहेकोले धनकुटा उद्योग बाणिज्य संघले छथरजोरपाटी गाउंँपालिकाका प्रमुख शेर वहादर लिम्बु र उपप्रमुख भिमकला श्रेष्ठसंग छलफल गरेको हो । साथै त्यहांँ संचालिन डेरी उद्योगहरुको वारेमा र व्यापारीहरुको समस्याको वारेमा समेत छलफल भएको थियो ।
छलफल गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,महासचिव राम वहादुर तामाङ्ग,कोषाध्यष रुपेश श्रेष्ठले छथर गाउपालिकाका प्रमुख उपप्रमुखसंग यहा उत्पादित तरकारीहरु तराईका बजारहरुमा र जिल्लाभरीका बजारहरुमा सप्लाई गरी विक्रिवितरण गर्न समन्य गरी वातावरण बनाउन आग्रह गर्नु भयो ।
सो अवसरमा छथर जोरपाटी गाउपालिकाका प्रमुख शेर वहादुर लिम्बुले छथर जोरपाटी क्षेत्रमा उत्पादिन तरकारीहरु अन्यत्र सप्लाई गरेर विक्रि वितरणका लागी पहल गरीरहेको र कृषकहरुलाई हाल बैकल्पिक उपायहरु अपनाउदै अन्य मकै लगायतका खाद्यान्न बाली लगाउनका लागी पनि कृषकहरुसंग छलफल भैरहेको वताउनु भयो ।