कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाईनान्सले दिनेभो २५ लाख

  • २४ बैशाख २०७७, बुधबार

फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख, वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहको प्रदेश नं. १ को सरकारलाई कोरोना नियन्त्रणका लागि १ लाख तथा कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारलाई १/१ लाख रुपैया तथा गण्डकी र कर्णली प्रदेशमा रहेको शाखा कार्यालय मार्फत स्थानिय तहलाई पनि राहत रकम प्रदान गर्ने निर्णय भएको फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले जनाए । “अहिलेको अवस्थामा कोरोना भाइरस माहामारीबाट मुलुक र जनतालाई कसरी बचाउने भन्नेमा सवैको ध्यान केन्द्रित भएकोले संस्थाका तर्फवाट संघीय र प्रदेश सरकारलाई राहत प्रदानगर्ने निर्णय गरेको चौधरीले वताए ।

यसैबिच फरवार्डले चैत्र देखि असार सम्मको ब्याज ऋणमा ३ प्रतिशत छुट दिने समेत निर्णय गरेको छ । बोर्ड बैठकले विभिन्न क्षेत्रमा लगाएको कर्जामा ३ प्रतिशत ब्याजमा छुट दिने निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक, कर्मचारी तथा सुरक्षा निकायलाई ब्यक्तिगत सुरक्षा (पिपिई) सामग्री समेत दिने निर्णय गरेको छ ।

मुलुकलाई विपत्ती परेको बेला नीजि क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तरगत राज्यलाई सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले सहयोग दिने निर्णय गरेकोो पूर्व राज्यमन्त्री तथा नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी  चौधरीले वताइन् ।