रहेनन् शिक्षक तथा हिमालय साकोसका अध्यक्ष खगेन्द्र सुवेदी, उत्तरी मोरङ नै शोकमा

  • २० जेष्ठ २०७७, मंगलवार

मोरङ केराबारी ९ निबासी शिक्षक,हिमालय साकोसका अध्यक्ष तथा राजनीतिक अगुवा खगेन्द्रप्रसाद सुवेदीको निधन भएको छ ।

ब्रेन टयुमरको शल्यक्रियाका लागि काठमाडौंं गएका उनको उपचारका क्रममा सोमबार निधन भएको हो ।  काठमाण्डौमा निधन भएका उनलाई मंगलबार देबीझोडास्थित घर ल्याएर लोहोन्द्रा खोलामा अन्त्यष्ठी गरिएको छ ।

अन्त्येष्टि स्थलमा नेकपा तथा कांग्रेसका नेता कार्यकर्ता, केराबारी गाउँपालिका तथा बेलबारी, लेटाङ र सुन्दरहरैंचाका जनप्रतिनिधि, प्रदेश सांसदहरु उपेन्द्र घिमिरे र राजकुमार ओझा, नेकपाका केन्द्रिय सदस्यहरु गुरु बराल, महेश रेग्मी लगायत शिक्षा तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुको उपस्थिति थियो । मानिसहरुको बिशाल उपस्थितिका बिच मंगलबार साँझ गरिएको अन्त्येष्टि कार्यक्रममा उपस्थित मलामीहरुले सुवेदीको योगदान सम्झेका थिए ।

सुवेदी सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक, गोमा स्मृति प्रतिष्ठन मोरङका अध्यक्ष, बुद्ध माबि देवीझोडाका पुर्ब प्रधानध्यापक, जिल्ला बचत तथा ऋ्ण सहकारी संघ मोरङका लेखा सुपरिवेक्षण समितिका सदस्य, हिमालय बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्ष, पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक, तथा नेपाल शिक्षक महासंघ प्रदेश न १ का सदस्य लगायत दर्जनौ संघसंस्थामा आबद्ध रहेका थिए ।

ब्रेन टयुमरको शल्यक्रियाका लागि उनी केही दिनअघि काठमाण्डौ गएका थिए । अन्नपुर्ण न्युरो हस्पिटलमा पहिलो अप्रेसन सफल भएपनि पुन समस्या आएपछि दोश्रो शल्यक्रियाको क्रममा निधन भएको  पारिवारिक श्रोतले जनाएको छ । निधनले सिंगो केराबारी र आसपासका क्षेत्रमा सन्नाटा छाएको छ ।सुवेदीकी श्रीमतीको केही दिन अघिमात्र पाठेघरको अप्रेसन गरिएको थियो । सुवेदीका श्रीमती र तीन छोरा छन् ।