एसियन हाइवे साँगुरिने चिन्तामा पथरीका बासिन्दा , ६ लेनकै बनाउन दबाब

  • १४ कार्तिक २०८१, बुधबार

निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चनाखो भएर खबदारी गर्ने भएका छन् ।
एसियाली होइवे एसिया महादेशको ३२ वटा देश जोड्ने सडक सञ्जाल हो । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधिन सडक नेपालको पूर्बी नाका काँकडभिट्टाबाट निर्माण भइरहेको छ ।
केही दिनअघिदेखि एसियलन हाइवे मोरङको पथरी बजारमा चार लेनको मात्र बन्न लागेको समाजिक सञ्जालहरुमा चर्चा चलेपछि नगरबासीहरु संसकित भएकाहुन् ।
सामाजिक सञ्जाल मार्फत चासो बढेपछि पथरी उद्योग वाणिज्य संघले सो विषयमा सर्वपक्षीय छलफलको आयोजना गरेका थियो ।
एसीयन हाइवेको बिस्तृत परियोजना प्रस्ताव .(डीपीआर)ंमा सडकको चौडाइ सहरी क्षेत्रमा छ लेन, सर्भिस वे, फुटपाथ सहित ५० मिटर, अर्ध सहरी क्षेत्रमा छ लेन ३३ मिटर र ग्रामीण क्षेत्रमा चार लेन २४ मिटर गरेर तीन भाग गरिएको छ ।
पथरी बजार अर्ध सहरी क्षेत्रको रुपमा छ लेनको बन्ने सडकको डीपीआरमा उल्लेख छ । डे«न र फुटपाथ भने छैन । यद्यपि केही दिन अघिदेखि पथरीलाई ग्रामीण .(जंगल क्षेत्रं)मा राखेर चार लेनको मात्र सडक बन्न लागेको भन्दै सामाजिक सञ्जालहरुबाट व्यापक विरोध भइरहेको थियो ।
नगरपालिका १ नं. वडाका पूर्ब अध्यक्ष बाबुराम एङ्देन लगायतले सामाजिक सञ्जाल मार्फट पथरी बजारमा ६ लेनकै सडक बन्नुपर्ने दबाब दिदै आएका थिए ।
वर्तमान जनप्रतिनिधिहरुको कमिकमजोरी भएको भन्दै प्रचारहुँदै आएको थियो ।
पथरी उद्योग वाणिज्य संघले बोलाएको भेलामा नगर प्रमुख मोहन तुम्बापो भने उपस्थित थिएनन् । १ नं. वडा अध्यक्ष भीमकुमार राईले छिमेकी अन्य सहरहरुकै स्तरमा सडक बनाउन अयोजना र निर्माण गर्न कम्पनीलाई भन्दै आएको बताउनुभयो ।
छलफलमा पूर्व नगर प्रमुख दिलिपकुमार राई, वर्तमान वडा अध्यक्षहरु विजय सुब्बा, लोककिरण न्यौपाने, वीरबहादुर राई लगायतले बिषय राख्नु भएको थियो ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महासचिव अशोक राई र पार्टी प्रतिनिधिहरु लगायतले विचार राख्नु भएको थियो ।
सर्वपक्षीय छलफलमा पथरी बजार पूर्बको कल्भर्टदेखि पथरी खोलासम्म दुबै किनारमा डे«न, फुटपाथसहित र जिरिखिम्तिको मोरङ्गी पुलसम्म छ लेन सडक बनाउन पहल गर्ने निर्णय भएको छ ।
एसीयन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारतहुँदै नेपालको काँकडभिट्टा जोडिएको हो । हाइवे पश्चिम नेपालको बनबासाबाट भारतको दिल्लीहुँदै पाकिस्तानको कराँची पुग्छ ।
सडक नेपालको काँकडभिट्टदेखि सीतापुरीसम्म एउटा खण्ड र सीतापुरीदेखि मोरङको गोठगाउँसम्म अर्को खण्ड निर्माण भइरहेको छ । झापाको सीतापुरी बजार पश्चिम मोरङको गोठगाउँसम्म ‘सीआरएफजी—टुन्डि जेभी’ कम्पनीले काम गर्दै आएको छ ।