ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी, अध्यक्षका लागि १६ जनाको उम्मेदवारी
- ३ मंसिर २०८१, सोमबार
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा एक जना स्वतन्त्र र १५ जना राजनीतिक दलका उम्मेदवारसहित १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा एमालेका तुलसी विश्वास, नेकपा माओवादी केन्द्रका नमोनारायण माझी, राप्रपाका दिनेशकुमार थन्दार, रास्वपाबाट नविनकुमार विश्वासलगायतको उम्मेदवारी परेको छ।
त्यस्तै नागरिक उन्मुुक्ती पार्टी , रास्वपा, राप्रपा, जनमत , स्वतन्त्र सहित गरेर १६ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेस जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। गत बर्ष नको मृत्यु भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचनमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।