साना किसान कृषि सहकारी संस्था, केराबारीको दशौं वार्षिक साधारण सभा सम्पन्न
- २५ कार्तिक २०८१, आईतवार
साना किसान कृषि सहकारी संस्था, केराबारीको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष प्रमिता देवानको सभापतित्व र केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा शनिबार हिमचुली सामुदायिक वनको हलमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाले आ. ब. २०८१/०८२ को आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधरण सभाको अवसरमा विभिन्न अन्तरसमूहहरुलाइ पुरस्कृत गरिएको छ । साधारणसभामा जेष्ठ सदस्य मध्येबाट कुन्ता पौडेल, उमा तामाङ, लिलादेवी मगरलाई पुरस्कृत गरिएको छ । त्यस्तै सक्रिय अन्तर समुहतर्फ कार्यकुशलता, र उत्कृष्ट नेतृत्वको आधारमा अन्तर समुह नम्बर ४ की कृष्णकुमारी श्रेष्ठ र अन्तर समुह नं.१ की अम्बिका मगरलाइ पुरस्कृत गरिएको छ ।
एकल महिला तर्फ उत्कृष्ट कारोबारको आधारमा शेयर सदस्य कान्छीमाया लिम्बू, मञ्जु शर्मा, सावित्री परियार, हस्तमाया लिम्बू, मनमाया विक, कल्पना गिरी, पदममाया मगर, सिता लिम्बू , देवी माया सूवेदी र राजकुमारी थापा पुरस्कृत भएका छन् । उनीहरुलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरिएको हो ।
पशुपालन कृषक अन्र्तगत गाईपालन तर्फ लिला अधिकारी थापा, बङ्गुर तथा राँगा पालन तर्फ मानशुव लावती, स्टोबेरी खेती तर्फ पूजा मगर ,तरकारी खेतितर्फ चन्द्रकला भण्डारी पुरस्कृत भएका छन् ।
बाल सदस्य दिब्या घिमिरे, उत्कृष्ट शेयर सदस्य तर्फ,धनमाया श्रेष्ठ, असल ऋणी तर्फ निर्मला कोइराला, आशमाया लिम्बू र दुर्गादेवी न्यौपानेलाई सम्मान गरिएको छ।
कृषि पशु बिमा कार्यक्रम, मलखाद्य वितरण कार्यक्रम सहित बचत तथा ऋण परिचालन गर्दै आएको संस्थाले आर्थिक वर्षमा पशुबिमा गरी गाईको मृत्यु भएका कारण लिला अधिकारीलाई पशु बिमा क्षतिपूर्ती दाबी भुक्तानी बापत ६४ हजार रुपैया राहत प्रदान गरेको छ ।
रविन्द्र आचार्य, साना किसान लघुवित वितिय संस्था इटहरीका प्रबन्धक सरोज भट्टराइ, सहकारी समन्वयका संयोजक डिल्लीराम शर्मा, वडा नं. १० का वडाध्यक्ष पुर्णवहादुर मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनीधि सामाजिक संघसंस्थाका प्रतिनीधि, सहकारी संस्थाका प्रतिनीधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले केराबारीमा साना किसान कृषि सहकारी संस्थाले छोटो समयमा प्रगति गरेको भन्दै आगामी दिनमा सबै बचत तथा शेयर सदस्यहरुलाई अझ माथी उठाउन सक्ने गरी कृषकको पक्षमा कार्यक्रम ल्याउन सुझाव दिइन् ।