लकडाउनलाइ प्रभावकारी तर जनजीवनलाई सामान्य बनाउने कसरतमा इटहरी उपमहानगर

  • २४ जेष्ठ २०७७, शनिबार

इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सामान्य वनाउँदै लाने निर्णय गरिएको छ ।

विहान नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय वाहेक अन्य ब्यापार ब्यवसाय विहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ । लकडाउन वन्दावन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार ब्यवसाय ठप्प भएको हुदाँ दैनिक जनजीवन कष्टकर हुदै गएको अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि,उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सहभागि वैठकले यस्तो निर्णय गरेको हो । वैठकले लकडाउनका वेला खोल्न नपाइने तोकेर अन्य ब्यापार ब्यवसाय प्रतिष्ठान विहान १० वजे सम्म खोल्ने निर्णय गरेको हो ।

क्यामपस,विद्यालय लगायतका सवै प्रकारका शैक्षिक संस्था,तालिम तथा प्रशिक्षण केन्द्रहरु,खादयवस्तु विक्रि गर्ने ब्यवसायिक मल,सिनेमा हल,पार्टी प्यालेस,फन पार्क लगायतका सार्वजनिक स्थलहरु वन्दनै रहने निर्णय गरेको छ ।यस्तै रंगशाला,खेलकुद स्थल,फुटसल,शारीरिक सुगठन गर्ने स्थल जिमखाना,फिटनेट सेन्टरडान्ससेन्टर,शैलुन र ब्युटीपार्लरहरु, ,होटल बार रेष्टुरेण्टहरु वन्द रहने छन ।सार्वजनिक जमघट,धार्मिक स्थलहरु, मन्दिर, गुम्वा, मश्चिद, चर्च,  गुरुद्धार लगायतमा हुने भेला एवं धामिर्क तथा सास्कृतिक कार्यक्रमहरु गर्न पाइने छैन ।

स्थानीय प्रशासन वाट पास पाएका वाहेकका सवै प्रकारका यात्रुवाहक सवारी साधनहरु समेत संचालन गर्न पाइने छैन । यि वाहेकका अन्य ब्यापार ब्यवसाय विहान १० वजेसम्म संचालन गर्न पाइने छ । जोखिम अझै कायमै रहेका कारण सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर तोकिएको समयसम्म मात्र ब्यापार ब्यवसाय संचालन गर्न इटहरी उपमहानगरले अनुरोध गरेको छ ।

इटहरी उपमहानगरले बर्षा याम सुरु हुनै लाग्दा वाटो मर्मतको कार्य सुरु गर्ने भएको छ । भोलीदेखि वाटो मर्मत ग्राभेल गर्न वडाहरुमा मिक्सगिटि पठाइने भएको छ । त्यसका लागि खोलामा आफै डोजर चलाएर मेयर द्धारिकलाल चौधरीले सेराखोलावाट कामको सुरुवात गर्नुभयो । वडाध्यक्षहरुलाई खोलामा निगरानीका लागि वस्न मेयर चौधरीले आग्रह गर्नुभएको छ । मिक्सगिटि ल्याउन ट्रिपर गाडीको ब्ववस्था वडा आफैले गर्नुपर्ने मेयर चौधरीले वताउनुभयो ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले इटहरी स्थित मायाँ घरका लागि अत्यावसक विभिन्न समाग्रीहरु उपलब्ध गराउनुभएको छ । आलु प्याज, सब्जि,सावुन,चिनी,चियापत्ती लगायतका अत्यावसक समाग्री उपलब्ध गराउनुभएको हो । लकडाउनले समस्या भइरहेको वेला उपमेयरले मायाँ घरलाई विभिन्न अत्यावसक समाग्री उपलब्ध गराउदै आउनुभएको मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले वताउनुभयो । समस्या परिरहेको वेला अत्यावसकीय समानका साथ उहाँ आइपुग्दा मायाँ घरमा रहेकाहरु खुशि हुने गरेको प्याकुरेलले वताउनुभयो ।

मायाघरमा सडकमा अलपत्र परेका लगायत मानसिक समस्या रहेका ५१ जना रहेको सचिव प्याकुरेलले जानकारी दिनुभयो ।विभिन्न सहयोगीहरु सँग हातपदाताहरु वाट सहयोग लिएर समस्यामा परेका ठाँउहरुमा सहयोग पुरयाएको उपमेयर गौतमले वताउनुभयो ।