इटहरीमा जनगायक जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास

  • ४ असार २०७७, बिहीबार

जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी १० मा भवनको शिल्यान्यास गर्नुभएको हो । नेकपा इटहरी अध्यक्ष वहादुर सिं तामांग र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख र ८ लाखको जनश्रमदानमा निर्माण कार्य अघि वढेको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले वताउनुभयो ।

उहाँका अनुसार इटहरी उपमहानगर कार्यपालिकाको वैठकले निर्णय गरेर वडा नम्वर १० मा जग्गा उपलब्ध भएको हो । त्यहाँ स्टुडियो सहितको संगीत प्रतिष्ठान निर्माण गरिने उहाँले जानकारी गराउनुभयो । उहाँले जग्गा उपलब्ध गराउने इटहरी उपमहानगर र भवन निर्माणमा वजेट उलपब्ध गराउने प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।