बेलबारी जेसिजले १० वालवालिकालाइ निशुल्क पढाउने, कोरोनाले बाबू गुमाएकी छोरीलाई छात्रवृत्ति घोषणा

  • ५ असार २०७७, शुक्रबार

बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले कोरोनाका कारण विदेशमा मृत्यु भएका मोरङको बेलबारीका एक ब्यक्तिकी छाेरीलाई निशुल्क छात्रवृत्ती प्रदान गर्ने घाेषणा गरेका छन ।

बेलबारी -२ लालभित्तीका बाबुकाजी बस्नेतको बैदेशिक रोजगारीका क्रममा जेठ २० गते दुबईमा मृत्यु भएकाे थियाे । बस्नेत कोरोनाबाट मृत्यु हुनेमा बेलबारीका पहिलो व्यक्ति समेत हुन ।

बेलबारी जेसिजका अध्यक्ष खत्रीले पिता गुमाएकी ती बालिकाकाे आधारभूत तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन ।

यसैबिच बेलबारी जेसिजले सन २०२० मा बेलबारी नगरभित्रका बिपन्न १० जना बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्न लागेको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बताए ।