आगामी आबको नीति तथा कार्यक्रम र बजेटबारे सबै पक्षसँग सुझाव लिँदै इटहरी उपमहानगरपालिका
- ६ असार २०७७, शनिबार
इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट, नीति तथा कार्यक्रमका वारेमा सुझाव संकलन गरेको छ ।
वजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजाल सँग छलफल गरि सुझाव संकलन गरिएको छ ।
यसैगरी एकल महिला,अपांगता भएकाहरु, कलाकार, साहित्यार, पत्रकार तथा युवा उद्यमीहरुसँग पनि सुझाव लिइएको छ ।
आगामी आर्थिक बर्षको वजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आयआर्जनसँग जोडने खालका कार्यक्रमहरुलाई उपमहानगरले प्राथमिकता दिने भएको छ । त्यस्ता के के कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूण सुझावहरु प््रााप्त भएको गौतमले वताउनुभयो ।