इटहरी उप महानगरको सातौ नगरसभा : १ अर्ब ७८ करोडको वजेट प्रस्तुत
- ११ असार २०७७, बिहीबार
इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि १ अर्ब ७८ करोडको वजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको
सातौ नगरसभामा उप प्रमुख लक्ष्मी गौतमले वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगर सभामा संविधान सभाका सभासद रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य सर्वध्वज साँवा र लिलम वस्नेतले शुभकामना दिए ।
कुल १ अर्व ७८ करोड कुल विनियोजनमध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । वजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक बर्ष इटहरीको २५बर्षे योजना सहितको विस्तृत गुरु योजना निर्माण गरिने भएको छ ।
इटहरीमा इन्जिनियरिङ अध्यन गराउने सामुदायिक क्याम्पस स्थापना गर्ने कार्यको सुरुवात गरिने छ । इटहरी अस्पतालको सुधार र स्तरोन्नतीका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले उल्लेख रकम खर्च गरिने भएको छ ।
अहिले त्यहाँ ३३ कोठे नयाँ अस्पताल भवन निर्माण सुरु भइसकेको छ । ५० बर्षमाथिका जेष्ठ नागरिकको मुटु सुगर लगायतका रोगको निशुल्क परीक्षण गरिने छ । ७५ वर्ष माथिका जेष्ठ नागरिकको सवै प्रकारका रोगको परीक्षण गरिने छ । एक हजार विपन्न परिवारको निशूल्क स्वास्थ्य परीक्षण गरिने छ।
इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम संचालन गरिने जनाइएको छ । इटहरीलार्इ वाँझो जमिन मुक्त क्षेत्र घोषणा गरिने भएको छ । घरेलु ग्राम निर्माणका लागि १ करोड वजेटविनियोजन गरिएको छ । वहुजातीय संग्राहलयनिर्माण कार्यको थालनी गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी वर्षमा वहुवर्षे एघार वटा योजना सम्पन्न गरिने छ । ती योजना सम्पन्न हुदाँ ३० किलोमिटर ग्रामिण वाटो कालोपत्रे हुने छन ।
इटहरीमा निर्माण सुरु गरिएको सुरक्षित आवास गृह सेफ हाउस निर्माण सम्पन्न गरिने छ । उपमेयर सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
इटहरी अस्पताल र उपमहानगर क्षेत्र भित्रका वर्थिड सेन्टरमा प्रसुती गराउने महिलाका लागि थप १ हजार रकम प्रदान गरिने कार्यलाई निरन्तरता दिइएको छ । मेयर कप फुटवल प्रतियोगिता र विद्यालय स्तरीय ओलम्पिक खेलकुद प्रतियोगिता गरिने भएको छ । विदेशवाट फर्केका युवालाई युवा स्वरोजगार कार्यक्रम संचालन गरिने छ । मुसहर वस्ति विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यो कार्यक्रम मार्फत यस बर्ष ९ घर निर्माण सम्पन्न हुन लागेका छन । अति विपन्न मुसहर परिवारलाई ती घर हस्तान्तरण गरिने छ । देशमै नौलो स्मार्ट पार्किड निर्माणका लागि पाँच करोड विनियोजन गरिएको छ ।
इटहरी चौकमा पृथ्वी आकारको स्मारक निर्माण गरिने छ । इटहरी ९ वीपी चौकमा वीपी कोइरालाको र इटहरी १६ लविपुरमामदन भण्डारीको शालिग निर्माण गरिने छ ।