बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता

  • ३१ असार २०७७, बुधबार

इलाका प्रहरी कार्यालय बेलबारीले हराएका दुईवटा मोटरसाइकल फेला पारेको छ ।

प्रहरीले बुधबार एकैदिन बिराटचोक र बेलबारीको बाहुनी एरियामा बेवारिसे अबस्थामा छाडिएका दुई मोटरसाइकल फेला पारेको हो ।

प्रहरीले मंगलबार राती गस्ती गर्ने क्रममा बेलबारी वाड न. ७ स्थित हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख ऋषिराज ढकालका अनुसार बेलबारी ७ मा फेला परेको मोटरसाइकल मे ६ प १७२२ नं. को डिस्कभर हो ।

असार २९ गते सोमबारका दिन बेलबारी वाड नं. १ स्थित सिनेमा हल लाईन नजिकै रहेको सोमबारे सब्जी हटिया एरियाबाट पत्रकार तथा ब्यबशायी अम्बिका भण्डारीको सो मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल हराए लगत्तै भण्डारीले इलाका हराएको बाइक खोजीका लागि निवेदन दिएका थिए । प्रहरीले बुधबार नै भण्डारीलाई सो मोटरसाइकल हस्तान्तरण गरेको छ ।

असार २९ गते सोमबार काममा व्यस्त भएको बेला  बेलबारी वाड नं. १ स्थित फिल्म हल लाईन एरियामा राखेको ठाउँबाटै सो मोटरसाइकल हराएको थियो ।  ।

त्यसैगरी सुन्दरहरैचाको बिराटचौक एरियामा को ९ प ४६९३ नम्बरको होन्डा साइन निलो मोटरसाइकल पनि फेला परेको छ ।

बेवारिसे अवस्थामा फेला परेको सो मोटरसाइकल पनि गस्तीको क्रममा भेेेेेटिएको ढकालले बताए । सो मोटरसाइकल बेलबारी २ निवासी भोला गौतमको भएको सूचना प्राप्त भएको छ । गौतमको सो मोटरसाइकल बिराटचोकस्थित मितेरी बैंक अगाडिबाट ६ महिना अघि हराएको थियो ।