इटहरीमा १ लाख बिरुवा हुर्काउने अभियान, बीपी र पुष्पलाल स्मृति दिवसमा रोपिए बिरुवा
- ७ श्रावण २०७७, बुधबार
३८ औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ ।
प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायतका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे । आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतको जातका विरुवा रोपिएको छ ।
कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव प्रकाश वस्नेतले वीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।
४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा इटहरी १४ मा पनि वृक्षारोपण गरिएको छ ।
इटहरी उपमहानगरले वडा नम्वर १४ नरभासामा वृक्षारोपण सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला, विशिष्ठ अतिथि संविधानसभा सदस्य अनिता परियार, मेयर द्धारिकलाल चौधरी लगायत जनप्रतिनिधि राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरेका छन् ।
उपमहानगरले यो वर्ष १ लाख विरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।





