काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय

  • १८ भाद्र २०७७, बिहीबार

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्ष भएका छन् ।                                                            डा. शर्माले अस्पतालको शेयर खरिद गरीी नेतृत्व सम्हाल्नेे लगत्तै काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । अस्पतालले बहिरंग सेवा वापतको स्वास्थ्य परिक्षण शूल्क पनि हटाउने निर्णय लिएको छ । बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अस्पताल अध्यक्ष डा. शर्माले जानकारी दिए ।  यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिदै आएको अस्पतालले बिहिबारबाट लागु हुनेगरी ओपीडी निःशुल्क गरेको हो ।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट अस्पताल सेवा सञ्चालन भईरहेकामा दुबै स्थानमा ओपीडी निःशुल्क हुनेछ । सशुल्क उपचार सेवाको दररेट भने पुरानै कायम रहनेछ । सामान्य अवस्थामा सो अस्पतालमा उपचारका लागि दैनिक करिब १ हजार २ सय बिरामी आउने गरेका छन् । कोरोनाका कारण अहिले भने दैनिक करिब २ सय बिरामीको उपचार हुँदै आएको अस्पतालले जनाएको छ ।