आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था
- १६ आश्विन २०७७, शुक्रबार
मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको छ । वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय कार्य समिति रहेको छ । आधिकारिक रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ उपाध्यक्ष, कुन्दन जोशी सचिब, श्रीमती उपासना अमात्य कोषाध्यक्ष छन् । सदस्यहरुमा निनु पुनस् मगर, लक्ष्मी अधििकारी, इन्जिनियर कबिता ज्ञवाली छन्। यस संस्थामा जिलोङ नेपलिज एसोशियसनसँग असन्तुष्ट ब्यक्तिहरु छन् ।
ग्रेटर जिलोङ नेपलिज कम्युनिटिमा २० जना संस्थापक छन् । संस्थामा हालसम्म ८० भन्दा बढी साधारण सदस्य छन । कोरोनाका कारण बैठकहरु बस्न समस्या भएकोले १५ डिसेम्बर, २०१९ मा गठन गरिएको यो संस्थालाई दर्ता गरेर आधिकारिकता दिन ढिलाई भएको थियो । लकडाउन खुकुलो हुने बित्तिक्कै बैठक बसी संस्थालाई बिस्तार गर्ने र २०२१ को पाको महोत्सबमा नेपाल प्रबर्द्धन लगायतका अन्य सामाजिक कामलाई तिब्रता दिइने संंस्थाले जनाएको छ ।