आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

  • १६ आश्विन २०७७, शुक्रबार

मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा  ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको  छ ।                                  वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको      नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय  कार्य समिति रहेको छ । आधिकारिक           रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ  उपाध्यक्ष,  कुन्दन जोशी सचिब, श्रीमती उपासना        अमात्य   कोषाध्यक्ष छन् । सदस्यहरुमा निनु पुनस् मगर, लक्ष्मी अधििकारी,  इन्जिनियर कबिता  ज्ञवाली छन्।        यस संस्थामा जिलोङ नेपलिज       एसोशियसनसँग असन्तुष्ट ब्यक्तिहरु छन् ।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिमा २० जना  संस्थापक छन् । संस्थामा  हालसम्म ८०  भन्दा बढी साधारण सदस्य  छन । कोरोनाका कारण बैठकहरु बस्न समस्या  भएकोले १५ डिसेम्बर, २०१९ मा गठन  गरिएको यो संस्थालाई दर्ता गरेर  आधिकारिकता दिन ढिलाई भएको थियो ।               लकडाउन खुकुलो हुने बित्तिक्कै बैठक     बसी  संस्थालाई बिस्तार गर्ने र २०२१ को     पाको  महोत्सबमा नेपाल प्रबर्द्धन लगायतका  अन्य  सामाजिक कामलाई तिब्रता दिइने संंस्थाले जनाएको छ ।