समानुपातिक आधारमा शिक्षकहरुको समायोजन गर्दै बेलबारी नगरपालिका

  • २५ मंसिर २०७७, बिहीबार

मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाएको छ ।
धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरीएको बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृृत भुपेन्द्र कोइरालाले बताउनु भयो ।नगरपालिकाले समानुपातिक आधारमा कक्षा १ देखी ८ सम्म संचालन भएका बिद्यालयहरुमा ४ वटा दरबन्दि कायम गरेको छ भने सवै माध्यमिक बिद्यालयमा ५ वटा दरबन्दि कायम गरेको छ । यसै गरी आधारभुत बिद्यालयहरुमा बिद्यार्थी तथा कक्षाका आधारमा दरबन्दि कायम गरीएको छ ।
दरबन्दि नभएका २ वटा माध्यमिक बिद्यालयमा एक एक जना शिक्षकलाई पठाई सकिएको छ नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो दरबन्दि अनुसार खालि रहेका बिद्यालयमा शिक्षकको ब्यबस्थापन गर्ने काममा नगरपालिका अगाडि बढि सकेको छ । संमायोजन भएर गएका शिक्षकहरुलाई नगर प्रमुख सुवेदीले बेलबारीको शैक्षिक गुणस्तरको चर्चा हुने गरी आफनो कार्य क्षेत्रमा लाग्न समेत निर्देशन दिनु भयो ।
बेलबारीमा माध्यमिक १२, निम्न माध्यमिक ८ र प्राथमिक ३० वटा बिद्यालय रहेका छन ।