राष्टिय एकता दिवसको अवसरमा धनकुटामा दिप प्रज्वलन र पद यात्रा

  • २८ पुष २०७७, मंगलवार

नेपाल एकिकरण भएको सम्झनामा राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दिप प्रज्वलित गरेको छ ।  बरख गण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा पद यात्रा कार्यक्रम पनि भएको छ  ।
विशाल नेपाल एकिकरण भएको सम्झनामा धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाको ग्रिन पार्क चुवाको बोट चौकमा राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सोमबार दिप प्रज्वलित गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,विशिष्ठ सदस्यहरु शैलेसमान श्रेष्ठ,शोभा श्रेष्ठ, धनकुटा होटल एशोसिएसनका सचिव जयमणी घिमिरे,समाजसेवी महिला नेतृ सावित्रि राई, नेपाल परिवार नियोजन संघ धनकुटाका पूर्व अध्यक्ष मोतिलाल श्रेष्ठ,समाजसेवी तथा व्यावसायी लक्ष्मी श्रेष्ठ,कलाकार अभिशेक राई, धनकुटा उद्योग बाणिज्य संघका कर्ममारीहरु सिचन प्रधान, मुकेश राई, मनिश श्रेष्ठ लगायत उद्योगी व्यावसायीहरुले दिप प्रज्वलित गर्दै नेपाल एकिकरणको महत्वको वारेमा प्रकाश पारेका थिए  ।
यसैगरी राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा नै वरख गण सल्लेरी व्यारेक धनकुटाको संयोजन तथा आयोजनामा धनकुटाको सांँगुरीगढीदेखि फेदी सम्म पदयात्राको कार्यक्रम सम्पन्न भएको छ । उक्त पद यात्रा कार्यक्रममा विभिन्न संघ संस्थाहरु, सरकारी कार्यालयका प्रमुखहरु, सामाजिक व्यक्तित्व, सुरक्षा निकायहरु, संचारकर्मीहरु र सर्वसाधारणको पनि सहभागीता रहेको वरख गणका गणपती कर्णेल भगवान थापा मगरले वताए ।