बृहत आमसभाको पुर्व सन्ध्यामा मोरङमा विद्यार्थी र युवाले निकाले रांँके जुलुस

  • १५ माघ २०७७, बिहीबार

मोरङको बेलबारीमा माधब प्रचन्ड समुहको नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियु तथा युवासंघ नेपालले मोरङको बेलबारीमा रांँके जुलुस निकालेका छन् ।                        शुक्रवार मोरङको बिराटनगरमा हुने प्रदेश स्तरीय कार्यकर्ता भेलाको पुर्व तयारी स्वरुप अनेरास्वियु तथा युवासंघ मोरङले जुलुस निकालेका हुन ।
बेलबारीको दुर्गा मन्दीर देखि निकालिएको जुलुस पुर्व बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।             कोण शभालाई युवा संघ मोरङका फ्याक्सन ईन्चार्ज अशोक दाहालले संबोधन गरेको थिए । राके जुलुसमा संसद पुर्नस्थापना गर, केपि ओलि तिम्रो पाराले, दुख पाए साराले लगायतको नारा लगाइएको थियो ।                           नेकपा माधब प्रचन्ड समुहले प्रधानमन्त्री केपि शर्मा ओलिले संसद बिगठन गरेपछि विरोधका विभिन्न कार्यक्रमहरु गरीरहेका छन । शुक्रवार बिराटनगरमा हुने कार्यक्रममा प्रचन्ड तथा माधब नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।