संगठन बिस्तार, सुदृढीकरण तथा आन्दोलनका लागि पुनर्गठित भो नेबिसंघ धनकुटा

  • १७ माघ २०७७, शनिबार

आन्दोलनलाई सशक्त बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने उदेश्यले नेपाल बिद्यार्थी संघ धनकुटा जिल्ला समिति पुर्नगठन गरी २९ सदस्यीय बनाइएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाको उपस्थितिमा नेबिसंघ पुर्नगठन भएको हो ।

पुर्नगठिन नेविसंघ धनकुटाको जिल्ला सभापतिमा बालानन्द दाहाल, उपसभापतिद्धयमा विर्शममान अमात्य र टेक वहादुर कुवर, सचिवमा सरोज धमला, सहसचिवद्धयमा टिकाराम पौडेल र भिम दाहाल तथा कोषाध्यक्षमा दुर्गा गोङ्वा चयन भएका छन् ।

संघको नवगठित जिल्ला कार्य समितिका सदस्यहरुमा टंक वहादुर पौडेल, सविना कार्की, विवस पोख्रेल, प्रिती राई, आकृती राई, रजनी कुलुङ, कृष्ण प्रसाद पराजुली, चन्द्र अधिकारी, दिनेश विक्रम थापा, केशव भण्डारी, समृद्दि थापा, अनुशिखा श्रेष्ठ, मनिशा खनाल, निशान घिमिरे, सुशिल ढुंगाना, जापनी राई, कमल वस्नेत, इन्द्र वहादुर विष्ट, सुरेन्द्र प्रसाद कटेल, मेघराज खड्का, पूर्ण वहादुर राई, सन्जोक राई, सौजन्य राई छन् ।

जिल्ला कार्य समितिको पदाधिकारी तथा सदस्यहरुको बैठकले सरकारको प्रतिगामी कदम विरुद्ध  सशक्त आन्दोलनमा गर्ने निर्णय गरेको छ ।

सो अबसरमा नेपाली कांग्रेस धनकुटाका उपसभापति तथा विद्यार्थी विभाग प्रमख नविन किशोर शाक्यले पुर्नगठित नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल विद्यार्थी संघ धनकुटाका पूर्व अध्यक्षहरु नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, रविन्द्र नेपाली, कोषाध्यक्ष दिनेश राई, नेपाली कांग्रेस धनकुटा नगरका सभापति रोशन श्रेष्ठ, उपसभापति मिलन खड्गी, नेपाल महिला संघ धनकुटाका उपाधयक्ष अम्विका धमला लगायतले यूवा विद्यार्थीहरुले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि फेरी एक पटक आन्दोलन गर्नु पर्नेमा जोड दिए ।