आगलागी पीडित व्यवसायीका लागि राहत जुटाउँदै धनकुटा उद्योग बाणिज्य संघ

  • १९ चैत्र २०७७, बिहीबार

‍‍धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागि धनकुटा बजारमा राहत संकलन अभियान गरेको छ ।

धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले  संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशाला हालै आगलागीबाट पूर्ण रुपमा ध्वस्त हुदा त्यहा संचालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड स्टमका साथै पाठशालाको सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएकाले सहयोगका लागि धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजारमा राहत संकलन गरेको हो ।

राहत संकलन कार्यक्रमको धनकुटा बजारमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गर्नु हुदै धनकुटाका सवै व्यवसायीहरुलाई  आफुले सकेको सहयोग गरी दुखमा साथ दिन आग्रह गरेका छन् ।

धनकुटाको हिले बजारमा पनि धनकुटा उद्योग बाणिज्य संघले अग्नी पीडित व्यावसायीका लागी राहत संकलन गरेको छ ।

धनकुटा जिल्लाको अन्य क्षेत्रहरुमा पनि राहत संकलन गरी अग्नी पीडित व्यावसायीहरुलाई राहत प्रदान गरीने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।