पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३ सय ६५ जनाको उपचार

  • २२ कार्तिक २०७८, सोमबार

पनौतीमा पनौकेएमसीको निःशुल्क स्वास्थ्य शिविर
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पनौती–१ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्था र कुशादेवी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार ३ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका २६१ विरामीको रक्त परीक्षण गरिएको छ । २२१ विरामीको भिडियो एक्सरे गर्नुका साथै १७८ विरामीको मुटुको जाँच (इसीजी) गरिएको छ ।

शिविरमा उपचार सम्भव नभएका ७८ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । विपन्न विरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

पूर्वी नेपालमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको हो ।
केएमसीका अनुसार यो शिविर तिहार अघिको अन्तिम हो । अब, तिहार पछि पुनः निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।