मोरङसुनसरी सेवा समाज नेपालको दशौँ साधारणसभा सम्पन्न, नयाँ समिति गठन

  • १० पुष २०७८, शनिबार

लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको संस्था मोरङसुनसरी सेवा समाज नेपालको दशौँ साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिब प्रसाद ढकालको प्रमुख आतिथ्यतामा मोरङ सुन्दरहरैंचाको गोठगौउस्थित अगेनो रेस्टुरेन्टमा भएको साधारणसभाले टेकनाथ बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

साधारणसभाले बिबेक भट्टराई र बिमला चौहानलाई उपाध्यक्षमा चयन गरेको छ । त्यसैगरी साधारणसभाले ललित बहादुर निरौलालाई महासचिव, भिम प्रसद घिमिरेलाई सचिव, खगेन्द्र प्रसाइलाई कोषाध्यक्ष र सुर्य बहादुर थापालाई सहकोषाध्यक्ष चयन गरेको छ ।

नवगठित समितिमा योगनारयन सिकदार, पुस्पा कार्कि( सनम), लिलाधर बास्तोला (ज्ञानु), खिनामाया गुरुङ (ज्योति), सन्तोष दाहाल, शुसिला गेलाल, मिलन कार्की र भुपेन्द्र तिमिल्सिना सदस्य चयन भएका छन् ।
साधारणसभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु, प्रवासमा रहेका शाखाका प्रतिनिधिहरु लगायत दुई सयजना भन्दा बढीको उपस्थिति थियो ।
‘मोरङसुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मुल नारा सहित स्थापित मोरङसुनसरी सेवा समाजले मोरङ र सुनसरीलाई केन्द्रित गरी विभिन्न सामाजिक काम गर्दै आएको छ ।
मोसुले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले मोरङ सुनसरी क्षेत्रमा भएका दैवीप्रकोप तथा प्राकृतिक बिपत्ति, गम्भीर स्वास्थ्य समस्या भएका बिरामी लगायतलाई सहयोग पनि गर्दै आएको छ ।

संंस्थाले २०७८ जेठमा मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका, रतुवामाइ नगरपालिका, कानेपोखरी गाउँपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरानस्थित एक उपस्वास्थ्य चौकीलाई ७८ वटा अक्सिजन सिलिन्डर सहयोग गरेको थियो । सस्थाले आफ्नै भवन निमार्ण गर्नेदेखि संचयकोष निमार्ण गर्ने योजना बनाएको छ ।

मोरङसुनसरी सेवा समाज सन २००१ मा कतारमा स्थापना भएको थियो । शुरुमा कतारमा रहेका मोरङ र सुनसरीका युवाले संस्था स्थापना गरेका थिए । पछि संस्थाको स्थायित्व तथा बैध्यता समेतको लागि नेपालमा मोरङसुनसरी सेवा समाज नेपाल नामक संस्था दर्ता गरी प्रबासमा रहेका संस्थाहरुलाई समाजकै शाखा बनाइएको थियो । छोटकरीमा मोसु भनिने यो संस्थाका कतार, युएइ, बहराइन, अस्ट्रेलिया, साउदी अरब, ओमन, कुवेत ,माल्टा, जापान लगायतका देशहरूमा शाखा बिस्तारित भइसकेका छन् ।