काभ्रेको चौकोट र रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

  • २१ पुष २०७८, बुधबार

काभ्रेको पनौती नगरपालिका–५ चौकोटको धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

       शिविरमा १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १ सय २१ जनाको इसीजी, २ सय १३ जनाको रक्त परीक्षण र १ सय ८९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ४२ जनाको दाँत खोलिएकोे छ ।

       केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
रातमाटेमा पनि निःशुल्क स्वास्थ्य शिविर
काभ्रेको पनौती नगरपालिका–६ रातमाटेमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ओएएमसी, रातमाटे युवा क्लब, जनहित एकता समाज र सामूदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेहको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

       शिविरमा १ हजार तीन सय ६७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचारका क्रममा १सय ९२ जनाको इसीजी, २ सय १३ जनाको रक्त परीक्षण र १ सय ९८ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ३१ जनाको दाँत खोलिएकोे छ ।

       केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।